Header Ads

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह


नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ। टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित भइरहेका छन्।

टेलिकमले ‌+२१६९८.., + ६७४५..+२१२.... लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नं.बाट गलत नियतले मिस्ड कल गर्नेहरुलाई सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको जनाएको छ।


बुधबार रातिदेखि टेलिकमको जिएसएम नेटवर्कको प्रिपेड तथा पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आएका थिए। कलब्याक गर्दा आफ्नो मोबाइलको ब्यालेन्स गुमेको गुनासो ग्राहकले गरेपछि टेलिकमले त्यसलाई रोक्न नम्बर ब्लक गर्न लगाएको हो।

No comments