Header Ads

गृह मन्त्रालयमा छुट्टै 'प्रहरी हेडक्वाटर' !


काठमाडौं, ३२ साउन । गृह मन्त्रालय उच्च स्रोतका अनुसार गृहमन्त्री जनार्दन शर्माका सुरक्षा सल्लाहकार पूर्व एआईजी सुरेन्द्रबहादुर शाहले नेपाल प्रहरीका एसएसपी, एसपी र डिएसपी सहितका कर्मचारीलाई राखेर गृह मन्त्रालयमा सचिवालय खडा गरेको रहस्य खुलेको छ । उच्च स्रोतका अनुसार नेपाल प्रहरीबाट एसएसपी केदार रिजाल, एसपी मनोज न्यौपाने र डिएसपी वासु पाठकलाई प्रहरी हेडक्वाटरबाट झिकाएर टिम नै गठन गरेका हुन् ।

राजनीतिक नियुक्ति पाएका शाहले प्रहरी नियमवाली विपरित राष्ट्रसेवक प्रहरीहरू राखेर कार्यालय चलाएका कारण त्यसको बिरोध भएको छ । प्रहरी नियमवालीको कुन दफामा त्यस्तो सचिवालयको परिकल्पना छ र त्यस्तो सचिवालयमा रहने दरवन्दी कहाँबाट कसले दियो? अनि के अव गृह मन्त्रालयमा मन्त्री फेरिए पिच्छे सल्लाहकार भएर आउनेले प्रहरी अधिकृत सहितको सचिवालय खडा गरेर राख्न पाउने हुन्?’ भन्दै सामाजिक सञ्जलबाट गृहमन्त्री जनार्दन शर्मा र शाह नेतृत्व समूहको आलोचना भैरहेको छ ।

गृहमन्त्री र पूर्व एआईजी शाहको यो कदमले नयाँ शक्ति केन्द्रको अभ्यास हुने खतरा समेत पैदा भएको गुनासो प्रहरी मुख्यालय नक्सालमा हुन थालेको स्रोतको भनाइ छ ।
त्यसो त, गृह मन्त्रालयको सुरक्षा सल्लाहकार पूर्व एआईजी शाह गृहमन्त्री शर्माका जिल्लाबासी एवम् स्कुले सहपाठी पनि हुन् । गृहमन्त्री शर्मा लेखा समितिको सभापति हुँदा हालका आईजीपी प्रकाश अर्यालको ३३ किलो सुनकाण्डको अनुसन्धान गरेका थिए ।

त्यतिखेर शर्माले पूर्व आईजीपी उपेन्द्रकान्त अर्याललाई फालेर शाहलाई आईजीपी बनाउन खोजेका पनि थिए । तर, शर्मा सफल हुन सकेनन् ।

आईजीपी बनाउन नसकेपछि शर्माले शाहलाई सुरक्षा सल्लाहकार बनाइ उपेन्द्रकान्त अर्याललाई दरो जवाफ दिएर प्रहरीमा ठाडो हस्तक्षेप गरेको चर्चा हुन थालेको छ ।

सुरक्षा सल्लाहकारको हैसियत राज्यमन्त्री सरह हुने भएपछि आईजीपी प्रकाश अर्यालले गर्ने कुनै पनि काममा अब सिधै शाहले रोक्न सक्ने छन् ।

आईजीपी अर्यालका अघोषित सल्लाहकार उपेन्द्रकान्त अर्याल हुन् । उपेन्द्रकान्त र शाहको सम्बन्ध कहिल्यै पनि राम्रो हुन नसकेनको प्रहरी मुख्यालयमा अहिले पनि कुरा हुने गरेको स्रोतको भनाइ छ ।
संगठनमा हुँदा संगठन प्रमुखलाई फालेर नेतृत्व हत्याउने निरन्तर प्रयास गर्ने शाह गृहमन्त्रीको सल्लाहकार भएपछि उनले प्रहरी संगठनमा रहँदाको तुषपोख्ने सल्लाह दिन थालेको र अहिले गठन गरेको टिम पनि त्यसैको एउटा उदाहरण रहेको एक उच्च प्रहरी अधिकारीले बताए ।

No comments