Header Ads

मधेस डुब्दा एक रुपैयाँ नझार्ने मधेसका सांसद तथा मन्त्रीहरु !


काठमाडौं, २ भदौ । तराई बाढी र डुबानले प्रभावित हुँदा समेत मधेसवादी दलका नेता काठमाडौंमै बस्दा तराईवासी आक्रोशित बनेका छन् ।
मधेसको भोटदेखि आन्दोलन र नाकाबन्दीसम्म तराईवासीको साथ लिएका मधेसवादी दलका नेता तराई डुब्दा उद्धार र राहत दिनुको साटो काठमाडौंमा बसेर विज्ञप्ति निकाल्ने मात्रै काम गरेपछि मधेसी जनताले आक्रोश पोखेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष मधेस झरेर राज्य सबै संयन्त्र परिचालन गरी राहत बाडिरहेका बेला यस्तो विपत्तिमा पनि मधेसी नेताले काठमाडौं छाड्न नसकेपछि मधेसी दलप्रति तराईमा आक्रोश बढेको हो ।
खासगरी आफूलाई मधेसको मसिहा ठान्ने राष्ट्रिय जनता पार्टीका नेताहरुप्रति मधेसी जनता असन्तुष्ट बनेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उनीहरुको आलोचना र विरोध पनि सुरु गरेका छन् ।
सर्लाही घर भएका हिन्दूवादी युवा नेता विकास ठाकुरले मधेसवादी दलका नेताको आलोचना गर्दै मधेसी जनताको भोट पाएर सांसद र मन्त्री बन्ने र अहिले उनीहरु विपत्तिमा पर्दा व्यक्तिगत रुपमा एक रुपैयाँ पनि सहयोग नगर्ने भनी प्रश्न गरेका छन् ।
हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष समेत रहेका ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत भोट दिएर सांसद र मन्त्री बनाउने जनता बाढी र डुबानबाट प्रभावित हुँदासमेत काठमाडौं नछाडेकोमा आक्रोश पोखेका हुन् ।
हिन्दूवादी नेता ठाकुरले भनेका छन्मधेसी जनताकै भोट पाएर पटकौ पटक सांसद र मन्त्री बन्दै पार्टी अध्यक्ष बनेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाईसकेका मधेसका नेताहरुले बाढीपिडीतलाई आफ्नो ब्यक्तिगत तर्फबाट १ रुपैया सहयोग नगर्नुलाई के भन्ने रु केवल सरकारलाई दोष दिनु र आफै स्कोरपियोमा घुम्नु, करोडौको घरमा सुत्नुलाई के भन्ने रु राज्यसत्ता दोषी छ, तर आन्दोलनमा जसलाई प्रयोग गरिन्छ । जसको भोटले जितिन्छ तिनीहरु नै मार्कामा हुँदा नेताहरु काठमाँडौ छोड्नु त टाढा एक रुपैया दिन पनि यस्तो गर्छन् । हैट ।
ठाकुरले भनेजस्तै बाढी र डुबान भएको एक हप्ता वितिसक्दा पनि मधेसी नेताहरु तराई झरेका छैनन् । राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, सरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झा काठमाडौंमैं संविधान संशोधनको लफडामा व्यस्त छन् । साभार : दैनिक नेपाल


No comments