Header Ads

आर्सनलको लज्जास्पद हार, अन्तिम १६ बाटै बाहिरियो


२५ फागुन - काठमाडौं । आर्सनल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणबाटै बाहिरिएको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा बार्यन म्युनिखले आर्सनललाई ५-१ गोल अन्श्तरले हरायो । पहिलो लेगमा पनि ५-१ कै हार व्यहोरेको आर्सनल समग्रमा १०-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ ।
अघिल्लो चरणमा स्थान सुरक्षित गर्न आर्सनललाई ४-० को रेकर्ड जित आवश्यक थियो । घरेलु मैदानमा भएको खेलमा २० औं मिनेटमा थियो वालकेाटको गोल गर्दै टोलीलाई अग्रता पनि दिलाए । तर, कायम राख् न सकेन ।
५४ औं मिनेटमा कोसेलनीले रातो कार्ड पाए भने बार्यन म्युनिखले पेनाल्टी पायो, जसमा रोबर्ट लेभान्डोस्कीले सहजै गोल गरे । त्यसपछि आर्सनल खेलमा र्फकन सकेन ।
६८ औं मिनेटमा आर्जेन रोबिनले गोल गरे । ७८ औं मिनेट डुल्गास कोष्टाले गोल गरे । ८० र ८५ औं मिनेटमा भिडालले गोल गरेपछि बार्यन म्युनिख आर्सनललाई उसकै घरेलु मैदानमा ५-१ ले हराउन सफल भएको छ ।


No comments