Header Ads

'तीन दल र सुरक्षा निकायको योजनामा सप्तरी घटना' - उपेन्द्र यादव


भक्तपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्ध रुपमा सप्तरी घटना गराएको गम्भीर आरोप लगाएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा अध्यक्ष यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको आरोप  लगाए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रुपमा सप्तरी घटना गराएको भन्दै उनले छानीछानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको टिप्पणी गरे।

सप्तरी घटनामा टाउको र छातीमा मधेसी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको पुष्टि हुन्छ,’ संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने, 'एमालेले आफ्ना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने भ्रामक प्रचार गरेर घटनालाई अन्तै मोड्ने प्रयास गरिरहेको छ।'

स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने जिकिर गरे। 'स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र हो,' उनको भनाइ थियो।

सरकारलाई दिएको समर्थन फिर्ताका लागि अल्टिमेटम दिएकाले सरकार आजबाटै अल्पमतमा परेको यादवले बताए।
पहिलोपोस्ट


No comments