राप्रपाले निर्वाचन आयोग घेराउ गर्ने
७ चैत, काठमाडौं । निर्वाचन आयोगले विधानबाट
राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ
राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ ।
आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको
भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश
हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।
त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय
कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार
राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग
कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा
धर्ना दिने कार्यक्रम छ ।
स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक
अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट
राप्रपाले निर्णय नसच्चिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ र आइतबार संसद
सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको
छ ।
संविधानको धारा ४ (१)को व्यवस्था संशोधन गर्न
राप्रपाको माग छ । धारा ४ (१) मा रहेको ‘धर्म निरपेक्ष’
भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन
हिन्दु राष्ट्र’ राख्न संशोधनमा माग गरिएको छ ।
Post a Comment