Header Ads

सरकारी जागिरको अवसर, ७६९ कर्मचारी पदपूर्तिको दरखास्त आह्वान

काठमाडौं : नेपाल  सरकारले विभिन्न सेवा समूहका राजपत्र अनंकित द्धितीय श्रेणी (खरिदार) सरहका ७६९ कर्मचारी पदपूर्तिको दरखास्त आह्वान गरेको छ।

लोकसेवा आयोगले बुधबार सूचना प्रकाशन गरी प्रशासन, न्याय सेवा, सरकारी वकिललगायतमा पदपूर्ति आह्वान गरेको हो। एसएलसी तह वा सो सरह उत्तीर्ण भएकाले दरखास्त फारम भर्न पाउनेछन्। आयोगले क्षेत्रीय र अञ्चल कार्यालयमार्फत दरखास्त आह्वान गरेको हो।

आवेदन भर्न चाहनेले आउँदो चैत १५ सम्म र दोव्वर दस्तुरमा चैत २२ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ। १८ पूरा भई ३५ नकटेको व्यक्तिले दरखास्त फारम भर्न सक्नेछन्। परीक्ष केन्द्र विज्ञापनसँग सम्वन्धित क्षेत्रीय र अञ्चल कार्यालयले तोक्नेछ।

दरखास्त दिनका लागि तीन सय दस्तुर लाग्नेछ। थप समावेशी समूहको हकमा एक सय ५० बढी तिर्नुपर्नेछ। अनलाइन फाराम भरी दस्तुर सम्वन्धित विज्ञापन गर्ने कार्यालयमा बुझाउन सकिनेछ।

प्रथम पत्रको परीक्षा जेठ १३ गते हुनेछ । प्रथम पत्रमा उत्तीर्ण परीक्षार्थीको द्धितीय पत्र असार ३१ गतेबाट सञ्चालन हुनेछ।
माग संख्या र समावेशी कोटा निम्नानुसार छन्।

पूर्वाञ्चल क्षेत्रीय कार्यालय 
जम्मा ६८
खुला न्याय, सरकारी वकिल र प्रशासन गरी ३८ जना, महिलामा १०, आदिवासी जनजाति ७, मधेशी ८, दलित ३, अपाङ्ग २ रहेको छ । 

मेची अञ्चल इलाम अन्तर्गत 
जम्मा ६४
खुला ३२, महिला १०, आदिवासी जनजाति १०, महिला ७, दलित ३, अपाङ्ग १ र पिछडिएको क्षेत्रमा १ कोटा रहेको छ।

सगरमाथा अञ्चल कार्यालय दिक्तेल
जम्मा ५९
खुला ३४, महिला ९, आदिवासी जनजाति ३, मधेशी ७, दलित ३,  अपाङ्ग १ र पिछडिएको क्षेत्रबाट २ कोटा निर्धारित गरिएको छ । 

मध्यमाञ्चल क्षेत्री निर्देशनालय, नयाँ बानेश्वर
जम्मा १२१
खुला ६७, महिला १९, आदिवासी जनजाति १४, मधेशी १२, दलित ५, अपाङ्ग १, र पिछडिएको क्षेत्रमा ३ कोटा छुट्याइएको छ। 

जनकपुर अञ्चल कार्यालय, जलेश्वर
जम्मा ६२
खुला ३४, महिला ११, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३, र अपाङ्गमा १ कोटा निर्धारण गरिएको विज्ञापनमा उल्लेख छ। 

नारायणी अञ्चल कार्यालय हेटौँडा
जम्मा ५७
खुला ३०, महिला ८, आदिवासी जनजाति ९, मधेशी ५, दलित १, अपाङ्ग ३, र पिछडिएको क्षेत्रमा १ कोटा निर्धारण गरिएको छ।

लुम्विनी अञ्चल कार्यालय वुटवल
जम्मा ७८
खुला ४५, महिला १२, आदिवासी जनजाति ८, मधेशी ७, दलित ३, अपाङ्ग २, र पिछडिएको क्षेत्रमा १ कोटा निर्धारण गरिएको छ।

धौलागिरी अञ्चल कार्यालय बाग्लुङ
जम्मा ३१
खुला १९, महिला ३, आदिवासी जनजाति ४, मधेशी ३, दलित १, र पिछडिएको क्षेत्रमा १ कोटा निर्धारण गरिएको छ।
 
मध्य पश्चिमाञ्चल क्षेत्री निर्देशनालय सुर्खेत
जम्मा ५०
खुला २८, महिला ८, आदिवासी जनजाति ५, मधेशी ६, अपाङ्ग २, र पिछडिएको क्षेत्रका लागि १ कोटा छुट्याएको छ।
 
राप्ती कार्यालय दाङ
जम्मा ५५
खुला ३२, महिला ८, आदिवासी जनजाति ८, मधेशी ४, दलित १, र अपाङ्गमा २ कोटा निर्धारण गरिएको छ।
 
कर्णाली अञ्चल कार्यालय जुम्ला
जम्मा ३६
खुला २०, महिला ६, आदिवासी जनजाति ५, मधेशी ३, दलित १, र पिछडिएको क्षेत्रमा १ कोटा निर्धारण गरिएको छ।

सुदुरपश्चिम क्षेत्री निर्देशनालय
जम्मा ५९
खुला ३४, महिला ८, आदिवासी जनजाति ७, मधेशी ६, दलित १, अपाङ्ग १, र पिछडिएको क्षेत्रमा २ कोटा निर्धारण गरिएको छ।
 
महाकाली अञ्चल कार्यालय महेन्द्रनगर
जम्मा २९
खुला १५, महिला ५, आदिवासी जनजाति ३, मधेशी ४, दलित १, र अपाङ्गमा १ कोटा निर्धारण गरिएको छ।



No comments