Header Ads

एमाले नेताहरुको घरमा तोडफोड

२५ फागुन, राजविराज । सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु अराजकतामा उत्रिएका छन्   उनीहरु एमाले नेताहरुको घर तोडफोडमा उत्रिएका छन् । मधेसी मोर्चाका प्रदर्शनकारीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् ।
उक्त तोडफोडमा मोर्चामा आवद्ध जिल्लास्थित प्रमुख नेताहरुले अगुवाई गरेको देखिएको छ ।
राजविराज घटनापछि सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख हरुलाई गृह मन्त्रालयमा  बोलाएका  छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।
मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् ।
मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
फाइल फोटो



No comments