चैत १२ गतेबाट एनसेलको निःशुल्क टि्वटर सेवा बन्द
७ चैत, काठमाडौं । एनसेलले
लामो समयदेखि दिँदै आएको निःशुल्क टि्वटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२
गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।
एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार
टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब
एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।
‘हामीले झण्डै साढे २ वर्ष यो सेवा दियौं ‘
शर्माले भने-‘ग्राहकले एनसेलप्रति देखाउनुभएको अटल
विश्वाशप्रति हामी आभार पनि प्रकट गर्छौं ।’
एनसेलले २०१४ देखि नै फ्री टि्वटर सेवा दिँदै
आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको
छ । फेसबुकसँगको सहकार्यमा सुरु भएको सेवा लोकप्रिय हुँदै गएको छ ।
Post a Comment